काठमाडौं महानगरले पूर्वराजासँग माग्यो ७ लाख ९३ हजार जरिवाना (पत्रहरुसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

हिजो राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्रहरु काटेको हो ।

हिजो राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकेको छ । राजावादीहरुको हिजो काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निेर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो ।

महानगरले हिजो नै काठमाडौंमा कार्यक्रम गरेको समाजवादी मोर्चालाई भने कुनै जरिवाना गरेन ।

Comments

One response to “काठमाडौं महानगरले पूर्वराजासँग माग्यो ७ लाख ९३ हजार जरिवाना (पत्रहरुसहित)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    JPT, jhyap bhayera lekhecha!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *