राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सत्ता गठबन्धनमा तानातान चलिरहेको छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सत्ता गठबन्धनमा तानातान चलिरहेको बताएका छन् ।

प्रेस सेन्टर नेपालको महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेको बेलामा योग्य मान्छे ल्याउनुपर्ने बेलामा गठबन्धनभित्र तानातान चलिरहेको बताए ।

प्रचण्डले भने, ‘को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ, राष्ट्रलाई फाइदा होइन, आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन ।’

Comments

One response to “राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सत्ता गठबन्धनमा तानातान चलिरहेको छ: प्रचण्ड”

  1. ksp pyl Avatar
    ksp pyl

    बाँदरकोजस्तो चकचक गर्दा मुखमा आएको पैसा उम्कियो भनेर चुकचुकाउँदैको अवस्था । मन्त्रालय बर्षमानले चलाएकै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *