तीनकुने घटना: उच्चस्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गर्न जसपा नेपालको माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले तीनकुने घटनाको सत्यतथ्य छानबिन गर्न अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक छानबिन तथा जाँचबुझ आयोग गठन गर्न माग गरेको छ।

पार्टीका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको कोटेश्वर, जडिबुटी र तीनकुनेलगायतका स्थानहरूमा भएको लुटपाट, तोडफोड, आगजनी, हिंसा र हत्याका सम्बन्धमा छानबिन आयोग गठन गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आमजनतामा उत्पन्न भएको निराशा र आक्रोशको अवस्थालाई उपयोग गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई नै समाप्त पारी मुलुकमा एकात्मक शासन प्रणाली, राजतन्त्रात्मक शासन व्यवस्था र हिन्दू राज्यको नाममा प्रतिगामी तथा प्रतिक्रान्तिकारी उद्देश्यका लागि २०८१ साल चैत १५ गतेका दिन गरिएको कार्यक्रम अनियन्त्रित, अराजक तथा हिंसक भई लुटपाट, तोडफोड र आगजनीमा परिणत हुनुका साथै निर्दोष व्यक्तिहरूको निर्ममतापूर्वक हत्यासमेत गरिएका छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *