देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। देउवा निवास बूढानीलकण्ठमा अपराह्न साढे ४ बजे बस्नेगरी बैठक बोलाएका हुन्।

वैठकमा हिजो राजावादीहरुको प्रदर्शनको नाममा मच्याएको तोडफोड र लुटपाटपछि विकशित घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

राजावादीको उग्र रुपपछि महामन्त्रीद्व गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गरेर कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन नसक्ने बताएका थिए।

आज पार्टी सभापति देउवा लुम्विनीबाट फर्केपछि पार्टीको बैठक बस्दैछ। देउवा बिपी कोइरालाद्वारा २००८ सालमा स्थापना गरेको नेपाली लेखक संघको आठौं अधिवेशन उद्घाटन गर्न लुम्बिनी पुगेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *