विमलेन्द्र निधि निवासमा कांग्रेसका ६ शीर्ष नेताहरुको बैठक

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिको निवासमा कांग्रेसका ६ जना शीर्ष नेताहरुको बैठक बसेको छ। आज बिहान अनौपचारिक बैठक बसेको हो।

बैठकमा निधिसहित कृष्णप्रसाद सिटौला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विजय गच्छदार र डा. शशांक कोइराला सहभागी थिए।

बैठकमा काठमाडौंमा भएको आपराधिक घटनाको भत्र्सना गर्दै जनताको जीउधनको सुरक्षामा कडाईका साथ प्रस्तुत भई दोषीमाथि तत्काल कार्बाही गर्न सरकारको ध्यानाकर्षण गराएको छन्।

त्यसबाहेक बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रमदेखि पार्टीको आगामी महाधिवेशनबारे पनि छलफल भएको जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *