तीनकुने घटनाको योजनाकार पूर्वराजा भएको माओवादीको दाबी, तत्काल कारवाही प्रक्रिया अघि बढाउन सरकारसँग माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले हिजो तीनकुनेमा भएको घटना पूर्वराजा ज्ञानेन्द्र शाहको योजनामा भएको आरोप लगाएको छ।

प्रवक्ता अग्निप्रसाद सापकोटाले एक विज्ञप्ति जारी गर्दै पूर्वराजा र उनका मतियारहरूले शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट भएको बताए।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता हिंसात्मक एवं आपराधिक कार्य गर्न÷गराउन उक्साउने योजनाकार तथा प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ। यस प्रकारका सबै आपराधिक कार्यलाई कानुनको दायरामा ल्याई विधिको शासन कायम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरिन्छ।’

यस्तै, हिजोको समाजवादी मोर्चाले गरेको जनसभाले बहुआयामिक सन्देश दिएको भन्दै तत्कालिक रुपमा सरकारप्रति खबरदारी र ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा उदण्ड जत्थालाई एकैसाथ मुखतोड जवाफ दिएको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *