पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुँदै, यस्तो छ कारण

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया थालेको छ ।

उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।

स्रोतले नेपाल प्रेसलाई भन्यो–हिजोको हत्या,आगजनी र लुटपाटको फिल्ड कमाण्डर दुर्गा प्रसाई हो तर उसलाई अघिल्लो दिन बोलाएर निर्देशन दिने तथा आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह हुन् भन्ने पुष्टि भइसकेको छ ।

सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको छ ।

Comments

9 responses to “पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द हुँदै, यस्तो छ कारण”

  1. Ra Avatar
    Ra

    Yo sarakr le thulo galti gardai cha hai…

    1. कर्ण बहादुर बुढा Avatar
      कर्ण बहादुर बुढा

      श्रीपेज गुमाउदात जनताको नासो जनतालाई फिर्ता गर्दछु भनेर देश नछोडेका राजाले राजादानी खोसेर देस छोड्दैनन्।यो नै राजा र नेता विचको अन्तर हो।

  2. bharat kumar thapa Avatar

    यस्ता अपराधीहरूलाई नजरबन्द होइन कारावास गरी यसले गरेका अरबौ बेइमानी गरी कमाएको सम्पत्ति राष्ट्रियकरण गर

    1. बिनोद Avatar
      बिनोद

      गर्नुपर्ने नै त्यहि हो,राजतन्त्रको प्रेतलाई

  3. Anup Avatar
    Anup

    Nepali Basne raja lai Kina passport chayo

  4. पिताम्बर दाहाल! Avatar
    पिताम्बर दाहाल!

    Good. पक्राउ पनि गर्नुपर्छ हिसा भडकाएको मा!

  5. झाङ्क्रीको भिनाजु Avatar
    झाङ्क्रीको भिनाजु

    पहिले सबै भ्रष्टाचारीको पासपोर्ट रद्ध गरेर छानबिन गरि लुटेको पैसा फिर्ता गर ।

  6. Nick Kashyap Avatar
    Nick Kashyap

    बिदेशमा बसेर नेपालमा आतंक मच्चाउने कम्युनिष्ट र कांग्रेस भन्दा स्वदेशमै बसेर आदोलन गर्ने राजा सही छन्। सरकार एकोहोरो आफ्नो भाष्य निर्माड गर्न उद्दत छ, यो क्षणिक हो। गाडतन्त्रबादी को पराजय निश्चित छ ।

  7. Dosar katel Avatar
    Dosar katel

    २५० वर्ष लामो पारीवारिक शासनको विरासत भत्किँदा त देश नछोडेको मान्छे जाबो तेति सानो कारणले के देश छोडेर भाग्लान्।कति सङ्कीर्ण सोछ सत्तामा बस्नेको।भोलि अदालत समक्ष के दलिल पेश गर्ला सरकारले ? तिनकुने घटनामा ज्ञानेन्द्रको संलग्नता कसरी पुष्टि गर्लान् यिनीहरूले ??? अनि कुनै नागरिकको नागरिकता र रहदानी खोस्नु सरासर नागरिक अधिकारको उलंघन होइन ?यसो गर्न नेपालको कुन कानुन र संविधानले देला ?विचरा !!!!आकाशलाई थुक्न खोज्नेका मुखमा के पर्छ , कसलाई थाहा छैन र ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *