गणतन्त्रवादीलाई बालेनले गरेनन् जरिवाना, राजावादीको मूल्यांकन हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार तीनकुनेमा राजावादी समूहले गरेको क्षतिबारे आज अनुगमन गर्ने भएको छ । क्षतिको मूल्यांकन गरेर राजावादी समूहलाई जरिवाना तिराउने तयारी गरेको छ ।

महानगरका नगरप्रहरी प्रमुख राजु पाण्डेले राजावादीहरुले गरेको क्षतिको मूल्यांकन हुन बाँकी रहेको बताए । हिजो साँझपख कफ्यु जारी भएकाले अनुगमन गर्न नपाएको उनले बताए ।

उनले नेपालप्रेससँग भने,‘ कहाँकति क्षति भएको छ ।हेछौं हिजो कफ्युले गर्दा अनुगमन गर्न पाएनौं । सडक, बोटविरुवा सार्वजनिक सम्पतिमा कति क्षति भएको छ त्यही अनुसारको जरिवाना हुन्छ ।’

त्यस्तै हिजो गणतन्त्रवादीहरुले गरेको प्रदर्शनमा भने जरिवाना नकाटिएको उनले बताए । गणतन्त्रवादीहरुले प्रदर्शनीमार्गमा गरेको कार्यक्रमपछि आफैले सफा गरेपछि जरिवाना नगरिएको पाण्डेले बताए ।

उनले भने,‘ उहाँहरुले व्यवस्थित रुपमा कार्यक्रमपछि सरसफाइ गर्नुभयो । फोहोर पनि व्यवस्थित गर्नुभएको छ। फोहोरको लागि गाडी पठाइदिनु भन्नुभयो हामीले पठाइदियौं । सडक सफा गरेपछि जरिवाना तिराउन मिल्दैन ।

Comments

2 responses to “गणतन्त्रवादीलाई बालेनले गरेनन् जरिवाना, राजावादीको मूल्यांकन हुँदै”

  1. पिताम्बर दाहाल! Avatar
    पिताम्बर दाहाल!

    Good

  2. ksp pyl Avatar
    ksp pyl

    बालेन ओलि विरोधी मानसिकताबाट ग्रसित हो भन्ने कुरा यसबाट पनि प्रमाणित हुन्छ । एमालेले आफैं सफा गरेर गाडी पठाईदेउ भन्दा पठाईदिएन, कार्यक्रम हुँदै गर्दा नै जरिवानाको चिठी पठायो । कसैको लागि दलाल बनेको हुनुपर्छ । कालान्तरमा प्रमाणित हुन्छ । सिपि मैनाली कम्युनिष्टको नाममा राजदरवारको एजेण्ट प्रमाणित भएजस्तै । केपिले कस्ता कस्ता झमेला त पार गरे । दुर्गा, प्रभू, प्रचण्ड, बालेन त के तिनका मालिकलाई त नाकाबन्दीमा घुँडा टेकाउने, २००७ सालदेखि कुनै प्रधानमन्त्रीले गर्न नसकेको चीनसँग बिआरआई सम्झौता, पारवहन सम्झौता गर्ने आँट, साहस भएको समृद्वि र स्वाभिमानका नायक ओलिलाई यस्ता दलाल फ्याउराहरूले ललकार्न खोज्ने ? प्रयास नगर आफैं सकिन्छौ । एमालेका कार्यकर्ताले तिमीहरूलेजस्तै झम्टने हो भने दुई दिन पनि टिक्न सक्दैनौ । रौतहटको तस्करले ओलिले राजिनामा दिनुपर्छ भनेछ ।यस्ता तस्करले भनेको कुरा repirtersnepal नामको दलाल अनलाईनले प्राथमिकता दिएर छापेछ । दलाल दलाल एक भएका होलान नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *