काठमाडाैं । राजावादी अभियानमा संलग्न स्वागत नेपाल पक्राउ परेका छन् । उनलाई बागबजारस्थित आफ्नै ल फर्मबाट सादा पाेशाकका प्रहरीले बेलुकी सवा नाै बजे पक्राउ गरेर लगेकाे पत्नी लाेचना शर्माले जानकारी दिइन् ।
नेपाल हालै गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन् । आन्दाेलन अराजक भएकाे आराेपमा मुख्य नेताहरूलाई पक्राउ गरिएकाे छ ।
लाेचनका अनुसार ल फर्ममा रहेकाे आफ्नै कार्यकक्षबाट स्वागतलाई प्रहरीले उठाएर टेकु पुर्याएकाे छ । आफू पछिपछि भेट्न गएकाे तर प्रहरीले भेट्न नदिएकाे उनले बताइन् ।

Leave a Reply