राजा फर्काउने आन्दोलनका कमाण्डर नवराज सुवेदी ‘हाउस एरेस्ट’

काठमाडौं । सरकारले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक बयोवृद्ध नेता नवराज सुवेदीलाई हाउस एरेष्ट गरेको छ । उपत्यका अपराध महाशाखाले धवल शम्सेर,रविन्द्र मिश्र र स्वागत नेपाललाई पक्राउ गरेको छ भने सुवेदीलाई होम एरेष्ट गरेको छ ।

८७ वर्षीय नेता सुवेदीलाई स्वास्थ्य र उमेरका कारण घरमै नजरबन्द गरिएको हो । उनी नेतृत्वको आन्दोलन अराजक बन्दा काठमाडौंमा तोडफोड,आगजनी र लुटपाट भएपछि सरकारले नियन्त्रणमा लिएको हो ।

Comments

One response to “राजा फर्काउने आन्दोलनका कमाण्डर नवराज सुवेदी ‘हाउस एरेस्ट’”

  1. Ra Avatar
    Ra

    Yo Oli le galti gardai cha …
    Ago ma Ghee thapyo

Leave a Reply

Your email address will not be published. Required fields are marked *