काठमाडौं । कफ्र्यू आदेश जारी भएपनि हवाई यात्रुहरूलाई भने यात्राका लागि सहजीकरण गरिने भएको छ । हवाई यात्रुहरूलाई टिक र परिचयपत्रको आधारमा सहजीकरण गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार हवाई यात्रुको सहजतालाई मध्यनजर गरी टिकट र आधिकारिक परिचयपत्र समेतको आधारमा हवाई यात्रा गर्ने यात्रुहरूलाई सहजीकरण गरिने भएको छ । सो को समन्वय सुरक्षा निकायबाट हुनेछ ।
आज अपराह्न ४ः२५ बजेदेखि काठमाडौंको बानेश्वर, तीनकुने क्षेत्रमा कफ्यू आदेश भएको छ ।

Leave a Reply