राजावादीले पार्टी कार्यालय जलाएपछि नेकपा एसले भन्यो- सरकारले सुरक्षा प्रबन्ध गर्न सकेन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको केन्द्रीय कार्यालयका ढोका र झ्यालहरू तोडफोड गरेर कागजात र फर्निचरहरू जलाउनेलाई कारवाहीको माग गरेको छ ।

महासचिव घनश्याम भुसालले एक विज्ञप्ति जारी गर्दै आफुलाई तथाकथित राजावादी बताउने आपराधिक उन्मादीहरूको कुकृत्यप्रति भत्सना गरे ।

उनले भने, लुटपाट र आगजनी जस्ता क्रियाकलापबाट समाजलाई नियन्त्रण गर्न खोज्ने यस्ता तत्वलाई तिरस्कार तथा प्रतिवाद गर्न र नागरिकहरूको रक्षाप्रति सचेत रहन सम्पूर्ण जनसमुदायलाई हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।

पार्टी कार्यालयको वरिपरि हुनसक्ने घटनाबारे आज विहान ११ बजे नै प्रहरीलाई खवर गरिएको र पार्टी कार्यालयमा आक्रमण हुनथाले पछि फेरि तुररुन्तै प्रहरीलाई खबर गर्दा पनि समयमै सुरक्षाको प्रवन्ध नगर्नु सुरक्षा प्रशासनको घोर लापर्वाही भएको नेकपा एसको ठहर छ ।

उनले भने, ‘अहिले यी हुल्लडवाजहरुले अन्य कैयन् सर्वसाधारणको सम्पतिमाथि पनि श्रृङ्लाबद्ध आक्रमण गरेर लूटपाट गरेका समाचारहरु आइरहेका छन्। यसबाट सरकारले सुरक्षा प्रबन्ध गर्न नसकेको तथ्य स्पष्ट भएको छ । हाम्रो पार्टी सरकारी संयन्त्रको यस प्रकारको लापर्वाही घोर निन्दा गर्दछ र नागरिक जीवनको सुरक्षाको प्रत्याभूति गर्न र तोडफोड तथा आगजनीमा सङ्लग्न सबै अपराधीहरुलाई यथाशिघ्र कडा कार्बाही गर्न जोडदार माग गर्दछ ।’

Comments

2 responses to “राजावादीले पार्टी कार्यालय जलाएपछि नेकपा एसले भन्यो- सरकारले सुरक्षा प्रबन्ध गर्न सकेन (भिडिओ)”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    ठिक भएछ, मार्क्सबादीलाइ युरोप तिरै खेद्न पर्छ, आयातित सिदान्तलाइ।

  2. ksp pyl Avatar
    ksp pyl

    यस्लाई बुढीले कुटी भने पनि ओलिले सुरक्षा दिन सकेन भन्छ । ओैचित्य सकिए पछि किन बोलिरहेको होला यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *