काठमाडौं । गृह मन्त्रालयले समाजवादी मोर्चाको विरोधसभामा ३५ हजार मानिस सहभागी भएको जनाएको छ।
मन्त्रालयले पत्रकार सम्मेलन गरेर मोर्चाको कार्यक्रममा करिब ३५ हजार सहभागी भएको अनुमान गरेको मन्त्रालयका सहसचिव छवि रिजालले बताए ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टी आबद्ध मोर्चाले आज विरोधसभा गरेको थियो । मोर्चाले सभामा एक लाख उतार्ने आकलन गरेको थियो ।

Leave a Reply