काठमाडौं । अमेरिकामा अवैध जुवा खेलाएको आरोपमा पाँच जना नेपाली पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सन्तोष अधिकारी, सपना अधिकारी , रोब राई, सोमा राई र सुरज सुब्बा रहेका छन् ।
अमेरिकाको ओहायो राज्यको ह्यामिल्टन काउन्टीको सिनसिनन्याटी क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई ६४ कसुरमा पक्राउ गरिएको अमेरिकी मिडिया डब्लूएलडब्लूटी डटकमले उल्लेख गरेको छ ।
उनीहरुलाई अवैध जुवा चलाएकोदेखि टेलिकम्युनिकेसन अपराध गरेकासम्मका आरोप लागेको छ। उनीहरुले सन २०२२ अक्टोबर र गत जनवरीमा यस्तो अपराध गरेको समाचारले उल्लेख गरेको छ ।

Leave a Reply