आफैंले गाडी चलाएर प्रहरीलाई मुख छोड्दै यसरी सुरक्षा घेरा तोडेका थिए दुर्गा प्रसाईंले (भिडिओ)

काठमाडौं । आज तीनकुनेमा आयोजित राजावादीको प्रदर्शनमा कथित दुर्गा प्रसाईंले फिल्मी शैली देखाएका छन् । उनी आफैंले गाडी चलाएर प्रहरीको घेरा तोडेका थिए ।

सामाजिक सञ्जालमा एउटा भिडिओ सार्वजनिक भएको छ, जसमा दुर्गा प्रसाईंले प्रदर्शनकारीको बीचबाट गाडी हुइक्याएका छन् । कालो चश्मा लगाएका र हातमा रुद्राक्ष बाँधेका प्रसाईंले झ्यालबाट हात निकालेर प्रदर्शनकारीलाई आफू पछि पछि आउन उर्दी गर्छन् ।

अलि अगाडि प्रहरीको पहिलो घेरा हुन्छ । प्रहरीले उनको गाडीलाई रोकेर चाबी थुत्न खोज्छन् । गाडीमा लाठी प्रहार पनि हुन्छ । तर, दुर्गा प्रसाईं रोकिँदैनन् ।

‘जनता मार्ने ? मा।।।’ भन्दै उनी अगाडि बढ्छन् । प्रसाईंले पेलेर लगेपछि प्रहरीको केही जोर चल्दैन । उनीहरु बाटो छोड्न बाध्य हुन्छन् । दुर्गा प्रसाईंले गाडी हुइक्याउँछन् ।

उनले गाडीभित्रै युट्यूवर बोकेर हिँडेका थिए । प्रसाईंले गाडी चलाइरहँदा युट्यूव जोशिँदै कमेन्ट्री गरिरहेका सुनिन्छन् ।

Comments

2 responses to “आफैंले गाडी चलाएर प्रहरीलाई मुख छोड्दै यसरी सुरक्षा घेरा तोडेका थिए दुर्गा प्रसाईंले (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यसले अब ज्ञानेन्द्रेलाई राजा बनाईदिनेभयो । खालास् ज्ञानेन्द्रे ।

    1. Mania Thompson Avatar
      Mania Thompson

      तैँले नै खालास नि खड्गेको गुला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *