काठमाडौं । राजावादीकाे प्रदर्शनका क्रममा तीनकुनेको एउटा घरमा आगाे लागेकाे छ । आन्दाेलनकारीले साे घरमा प्रहरी लुकेकाे भन्दै ढुंगामुढा गरेका थिए ।
सडकमा बालिएको टायरबाट आगो सल्केको प्रहरीले जनाएको छ ।
प्रहरीलाई संरक्षण गरेर आफूहरुमाथि दमन गर्न सघाएको भन्दै प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको घटनास्थलमा रहेका नेपाल प्रेसकर्मी उमेश कार्कीले जनाएका छन् ।
घरको छतबाट प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै उनीहरुले घरभित्रबाट सामान बाहिर ल्याएर जलाएका थिए ।
उनीहरुले सुरुमा घरभित्रबाट कुर्सी र कागजपत्र निकालेर आगो लगाएका थिए ।

Leave a Reply