प्रतिनिधि सभाको बैठक १ :१५ मा बस्नेगरी सूचना टाँस

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरेको छ।

सत्तापक्ष र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरेपछि संसद सचिवालयले सूचना टाँस गरेको हो।प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको छ।

विपक्षी दलहरूले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङको हटाएको विषयमा प्रधानमन्त्री केपी ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आइरहेका छन्। तर, प्रधानमन्त्री ओली पनि जवाफ दिने पक्षमा छैनन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *