सरल सहयात्रीको दाबी- १७ हजार माओवादीले होइन, राजावादीले मारेका हुन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्रीले प्रदर्शनको क्रममा आफूहरू कुनै मुडभेड नचाहेको बताएका छन्।

समाजवादी मोर्चाले काठमाडौंमा गरिरहेको विरोध र्‍यालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरुले लोकतन्त्रमा देखिएको समस्या लोकतन्त्रबाटै समाधान गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए।

उनले भने, ‘हामी अहिले मुडभेडको गर्न आएका होइनौँ। लोकतन्त्रमा लोकतन्त्रबाटै लोकतन्त्रको समस्या समाधान गर्नुपर्छ भन्ने कुरामा हामी विश्वास राख्छौँ। बरु राजावादीहरूले गणतन्त्र र लोकतन्त्रवादीहरूलाई धन्यवाद दिँदा हुन्छ।’

उनले हिजो आफूहरूले देशमा गणतन्त्र चाहिन्छ भनेर आवाज उठाउँदा राजतन्त्रात्मक व्यवस्थाले नै गोली चलाएको कारणले १५ हजारले ज्यान गुमाउनुपरेको बताए।

उनले थपे, ‘हिजो हामीले गणतन्त्र यो देशमा चाहिन्छ, भन्दा गोली हानेर १७ हजार मान्ने त्यही राजतन्त्रात्मक व्यवस्था हो। आज १७ हजारको हत्यारा भनेर माओवादीलाई दोष लगाउँछन्, हामीले यो देशमा गणतन्त्र पनि चाहिन्छ भन्दा गोली हानेर, हत्या गरेर, घरघरबाट थुतेर मार्ने व्यवस्था राजसंस्था हो, त्यस्तो व्यवस्थालाई पनि गणतन्त्रमा अहिले खुला रूपमा राजतन्त्र ल्याउन पाउनुपर्छ भन्ने आवाजलाई सुरक्षा दिएर सरकारले सुनिरहेको छ। त्यसैले गर्दा गणतन्त्रवादीहरू कहिल्यै मुडभेडमा जाँदैनन्।’

Comments

One response to “सरल सहयात्रीको दाबी- १७ हजार माओवादीले होइन, राजावादीले मारेका हुन्”

  1. ksp pyl Avatar
    ksp pyl

    यस्ता फटाहा कुरा गर्नेलाई नेता मान्ने भनेको फटाहाले मात्र हो है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *