जात्रा सञ्चालन मार्गमा राजनीतिक कार्यक्रम नगर्न र चालकहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध 

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र मनाइने पाहाँचर्‍हे जात्रा ११४५ (२०८१ साल चैत १५ गते) संचालन हुने मार्गमा राजनीतिक कार्यक्रमबाट अवरोध नगर्न र सवारी चालकहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै महानगरले शुक्रबार यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, बसन्तपुर, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, क्लब छँय, सुन्तागल्लि, मुगल्लि, कँकेश्वरी मन्दिर लगायतका स्थानहरूमा सञ्चालन स्थानहरुमा जात्रालाई अवरोध पुर्‍याउने कुनै पनि सभा, सम्मेलन वा अन्य कार्यक्रम नगर्नु/नगराउनु अनुरोध गरेको हो ।

साथै, जात्राको रूटलाई सहज बनाउन तथा आवागमन व्यवस्थित बनाउन सवारी चालकहरुले उक्त स्थानको सट्टा वैकल्पिक मार्ग प्रयोग गरेर जात्रा सञ्चालनमा सहयोग गरिदिनसमेत अनुरोध गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *