समाजवादी मोर्चाको आह्वान: कांग्रेस-एमालेको कारण प्रतिगामी शक्तिले औँला उठाउँदैछन्, प्रतिवादमा जुटौँ

काठमाडौं । समाजवादी मोर्चाका केन्द्रीय आन्दोलन संयोजन कमिटीका सचिव जीवनराम श्रेष्ठले यतिबेला सत्ताको उन्माद र नालायकीको प्रतिरोध गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि भोलि काठमाडौंमा जनप्रदर्शन गर्न लागेको बताएका छन्।

भोलिको जनप्रदर्शनमा सहभागी हुन आह्वान गर्दै एक भिडियो सन्देश जारी गर्दै प्रतिगामी षड्यन्त्रको प्रतिवाद गर्नुपर्ने बताए। सत्ताधारी गठबन्धनको नालायकी र पुनउत्थान अराजकहरूको विरुद्ध सन्देश दिनको लागि भोलि जनप्रदर्शन गर्न लागेको बताए।

उनले भने, ‘अहिले पुनउत्थान अराजक तत्त्वहरूले सामाजिक निराशालाई उत्तेजक बनाउने मौका पाएका छन्। पुनउत्थानवादीहरुले लोकतान्त्रिक गणतन्त्रमाथि औठा उठाउन थालेका छन्। अहिले हाम्रो मुलुक असाधारण उकुसमुकुसबाट गुज्रिँदैछ।’

उनले कांग्रेस-एमालेको गठबन्धनलाई अराजनीतिक गठबन्धनको संज्ञा दिए।

Comments

One response to “समाजवादी मोर्चाको आह्वान: कांग्रेस-एमालेको कारण प्रतिगामी शक्तिले औँला उठाउँदैछन्, प्रतिवादमा जुटौँ”

  1. ksp pyl Avatar
    ksp pyl

    दिल्लीका भाडाका टट्टुहरूको मोर्चा हो यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *