राजसंस्थाकाे ब्यानर बाेकेर कुलमान समर्थककाे प्रदर्शनमा छिरेका विदेशी नागरिक पक्राउ (भिडिओ)

काठमाडौं । माइतीघर मण्डलामा कुलमान घिसिङको बर्खास्ति विरुद्ध प्रदर्शन भइरहँदा खचाखच भिडभित्र एकजना अधबैंशे विदेशी नागरिक देखिए । कोही पर्यटक रमिता हेर्न आएको अड्कल प्रहरीले गरे ।

एकैछिनपछि उही अनुहार राजसंस्था समर्थित ब्यानरसहित देखिए । अनि, प्रहरी झस्कियो ।

प्रहरी वृत्त, सिंहदरबारका डीएसपी गङाप्रसाद पौडेलले वाकिटकी थिचेर सोधे, ‘सर्कल सेभेन वन, किलो वन सर…।’

‘किलो वन’ भएका काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीलाई ‘सर्कल सेभेन वन’ कलसाइन भएका डीएसपी पौडेलले ती विदेशी नागरिकबारे सुनाए । एसएसपी अधिकारीले आदेश दिए, ‘उठाउ–उठाउ ।’

उक्त आदेशपछि ती विदेशी नागरिक प्रहरी वृत्त, सिंहदरबारको नियन्त्रणमा छन् । आफूलाई अमेरिकी नागरिकको रुपमा चिनाएका उनले नाम जुली र उमेर ५८ वर्ष बताए ।

डीएसपी पौडेलका अनुसार देश र व्यक्तिको नाम जेसुकै भए पनि उनी विदेशी नागरिक नै हुन् । ‘हामी बुझ्दैछौं’, उनले भने ।

जुलीको मोबाइलमा पासपोर्टको फोटो भेटिएको छ, तर मिति सकिएको । डीएसपी पौडेललाई उनले आफूसँग पासपोर्टको सक्कल प्रति रहेको र पेश गर्ने भनेका छन् । ‘यदि म्याद सकिएर्को नै हो भने उनीमाथि अध्यागमन कानुनअनुसार कारवाही हुन्छ’, उनले भने ।

 

Comments

One response to “राजसंस्थाकाे ब्यानर बाेकेर कुलमान समर्थककाे प्रदर्शनमा छिरेका विदेशी नागरिक पक्राउ (भिडिओ)”

  1. bharat kumar thapa Avatar

    यसलाई तुरुन्त खेश निकाला गर्नुपर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *