कुलमानलाई हटाइएको विरोधमा राष्ट्रियसभामा पनि विपक्षी दलको अवरोध (भिडिओ)

काठमाडौं । कुलमान घिसिङलाई विद्युत प्राधिकरणबाट बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गर्दै विपक्षी दलले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेका छन्। बैठक सुरु हुनासाथ विपक्षी दलको सांसदहरूले उठेर विरोध जनाएका हुन्।

कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सभाको बैठकमा आएर स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने सांसद गोपीबहादुर सार्कीले बताए।

कुलमानलाई हटाउने सरकारको निर्णयको विरोध विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेका थिए। विपक्षी दलको अवरोधले ३० मिनेटका लागि स्थगित भएको बैठक अझै सुरु हुन सकेको छैन।

Comments

One response to “कुलमानलाई हटाइएको विरोधमा राष्ट्रियसभामा पनि विपक्षी दलको अवरोध (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    हितेन्द्रलाई हटाएर कुलमान ल्याउँदा यी कहाँ थिए ? भेडा चराउँदै ? अहिले विरोध गर्न कि खान पाएको हुनुपर्यो कि यिनीहरू अराजकतावादी र ओलि विरोधी दलाल हुनुपर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *