ऊर्जामन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै देवेन्द्रको दाबी- नेपालमा लोडसेडिङ अन्त्य भारतले गरेको होइन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल ऊर्जामन्त्री दिपक खड्काले भारतले लोडसेडिङ हटाएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भारतले गर्दा लोडसेडिङ हटेको भन्ने कुरामा सत्यता नभएको बताए।

उनले भने, ‘मन्त्रीले भारतले लोडसेडिङ अन्त्य गरेको हो। कुलमानले होइन भन्नु खेदजनक छ। नेपाल सरकारले १० हजार मेगावाट बिजुली भारतलाई बेच्ने भनेका छौँ। कुनै बेला नेपालमा अन्धकार हुँदा केही साटफेर गरेको सत्य हो। तर, लोडसेडिङ अन्त्य गरेको भारतले होइन। नेपालकै परियोजनाहरूको चुहावट रोकेर सफल भएको हो।’

कुलमान घिसिङलाई हटाएपछि सरकारले जनताको पक्षमा छ कि बिचौलियाको भन्ने प्रष्ट भइसकेको बताए।

Comments

One response to “ऊर्जामन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै देवेन्द्रको दाबी- नेपालमा लोडसेडिङ अन्त्य भारतले गरेको होइन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    भारतले हटाएको त होईन तर आज भारतले विजुली नदिएमा लोडसेडिङ् के हुन्छ थाहा छ ? घरघरमा पनि लोडसेडिङ् हुन्छ । तिमीले गर्व गरेको व्यक्ति ले ८ वर्ष पदमा बिताए पनि खोइ त योजना बनाएर दीर्घकालीन हिसाबले लोडसेडिङ्ग हटाउन काम गरेको ? तिमीहरूलाई त कुलमान आउँदा फाईदै भयो होला । के के फाईदा पाएका छौ छानबिन हुनुपर्छ । तर देशमा त अवस्था उस्तै देखियो । २४ घण्टा विजुली दिएकाले ट्रंक र डेडेकेटेडको ८५% थप पैसा नतिरेको भनेर उद्योगीका लाईन काटन नपाएर छटपटाएका कुलमानले हाल १२ घण्टा उद्योगमा भएको लोडसेडिङ्गका कारण घाटामा जाँदा दिए के ? विजुली दिन नसक्दा जिम्मेवारी लिनु पर्दैन ? वाहियात कुरा पत्याउने तिम्रा गाउँका सोझा जनता होलान । तर पढेलेखेकाले तिमीले केही पाएर कुलमानको बयान गरेको पत्याउँदैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *