कुलमानलाई हटाइएको विराेधमा विपक्षी दलले गरे संसद अवराेध (भिडिओ)

काठमाडौं । कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयकाे विराेध गर्दै विपक्षी दलले सदन अवराेध गरेका छन् ।  विपक्षी दलका सांसदहरुले आआफ्नाे  कुर्सीबाट उठेर  विराेध जनाएका छन् ।

नेकपा माओवादी केन्द्रले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शक्ति बस्नेतले यसबारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म सदन चल्न नदिने बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *