महानगरले जफत गरेको सामान फिर्ताको माग गर्दै डिपोमा कबाड व्यवसायीको धर्ना

काठमाडौं । कबाड व्यवसायीहरुले काठमाडौं महानगरपालिकाको टेकु डिपोमा धर्ना दिएका छन् ।

कबाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिकाले जफत गरेको साइकल र सामान फिर्ताको माग गर्दै टेकु डिपोमा धर्ना दिएका हुन् ।

उनीहरुले आज आफनो कमाइ खाने साधन खोसेर राखेको भन्दै आज महानगरको डिपोमै धर्ना दिएको संर्घष समितिले जनाएको छ ।

महानगरले आफूहरुमाथि ज्यादती गरिरहेकाे भन्दै  कबाड व्यवसायीले विभिन्न आन्दाेलनको कार्यक्रम गर्दै आइरहेकाे छ । महानगरले महानगर  क्षेत्रभित्र जाेखिम बढेकाे भन्दै  कबाडी कारखानाहरु  जबरजस्ती हटाइरहेकाे छ  ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *