केन्द्रीय कार्यालयको लेटर प्याड, छाप र केन्द्रीय अध्यक्षको हस्ताक्षर दुरुपयोग गरेर भ्रम फैलाइयो : नेविसंघ

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले लेटर प्याड, छाप र केन्द्रीय अध्यक्षको हस्ताक्षरसमेत दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ।

मुख्यसचिव विजय खड्काले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यालयको लेटर प्याड, छाप र केन्द्रीय अध्यक्षको हस्ताक्षर दुरुपयोग गरी केन्द्रीय सदस्य तथा विभिन्न क्याम्पस इकाई अध्यक्ष मनोनयन गरिएको भनी सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएको बताएका हुन्।

रिक्त स्थानमा मनोनयन गरिएका नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य तथा क्याम्पस इकाई समितिका अध्यक्षहरूको जिम्मेवारी बारे चाँडै आधिकारिक सूचना प्रकाशित गरिने समेत बताए।

विज्ञप्तिमा भनिएको छ, ‘संघलाई बदनाम गर्ने मनसायले विभिन्न प्रविधिको प्रयोग गरी संघको लेटर प्याड, छाप र केन्द्रीय अध्यक्षको हस्ताक्षर दुरुपयोग गर्ने जो–कोहीलाई कानूनी दायरामा ल्याइने समेत यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।’

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको दौरान तत्कालीन आवश्यकतालाई मध्यनजर गरी रिक्त भएका इकाइ तथा केन्द्रीय सदस्य पदमा गरिएको मनोनयन सम्बन्धी आधिकारिक सूचना संघको आधिकारि वेबसाइट तथा फेसबुक पेजमार्फत मात्र सार्वजनिक गरिने भन्दै भ्रामक सूचनामा नपर्न आग्रह गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *