राजावादीलाई विश्वप्रकाशले भने- तपाईंहरुको जनमत स्ववियु चुनावमा देखियो, पूर्वराजा पनि भ्रममा नबस्नू

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादीहरुको जनमत स्ववियु चुनावमा देखिसकेकाले अब भ्रममा नबस्न आग्रह गरेका छन् । तनहुँमा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि त्यस्तो कुनै भ्रम नपाल्न आग्रह गरे ।

उनको भनाइ

अहिले फागुन २५ गते काठमाडौंमा ठूलो प्रदर्शन भयो, राजा आउँछन् कि के हो भनेर कतिपयले भन्छन् । पोखराबाट त आउँछन्, अलि पछि विराटनगरबाट पनि आउँलान्, तर राजसंस्था नै फर्केला कि भन्ने कतिपयलाई भ्रम छ । राप्रपालाई पनि भ्रम हुन्छ संसदमा बोल्दै गर्दा, पूर्वराजालाई पनि भ्रम हुन्छ । त्यो प्रदर्शनमात्रै हेरेर पुग्दैन।

चैत ५ गतेको प्रदर्शनलाई पनि हेर, २५ गते काठमाडौंमा एकै ठाउँमा भयो, ठूलो जुलुस देखियो । चैत ५ गतेको प्रदर्शन सडकमा निस्किएर नाराजुलुस भएर होइन, यो देशका सचेत विद्यार्थीहरु पढ्दै गरेको कलेजमा लिएको मतपत्रको प्रदर्शन काठमाडौंमा भएको प्रदर्शनभन्दा ठूलो हो कि होइन ? त्यो प्रदर्शनमा राजावादीको पक्षमा कति प्रस्तुत भयो होला ? राप्रपाको अध्यक्ष राजेन्द्र लिङदेनको फेसबुक पेजमा गएर सर्च गरेर हेर्नू, त्यहाँ झापामा एउटा जितेको छ ।

हाम्रोले जितेको देशभरि हेर्नुस्, एउटा कलेजमा जितेको राजावादीको भोटले बढी देखाउmन् । अरु सबै गणतन्त्रको पक्षधर नै जितेका छन् । त्यसैले देशको जनमत कता छ भन्ने प्रस्ट भएको छ । यति धेरै जनप्रतिनिधि लागेर जनताको काम गर्दा त सकिएको छैन, एक जनालाई श्रीपेच लगाएर राजा राख्नेबित्तिकै देशको कल्याण हुन्छ ? त्यसैलै नागार्जुनमा रहेका पूर्वराजा पनि भ्रममा पर्नुहुन्न ।

Comments

2 responses to “राजावादीलाई विश्वप्रकाशले भने- तपाईंहरुको जनमत स्ववियु चुनावमा देखियो, पूर्वराजा पनि भ्रममा नबस्नू”

  1. bipin Avatar
    bipin

    yesta mula ta makai ra vatmaas saga padkaincha ..Raja ta dash am aaun …nam chai Bisho—ra –prakash…re …hahaha

  2. देशभक्त Avatar

    ४० जना विध्यार्थी २० उम्मेद्वार
    १४ मत खस्यो
    १० मत प्राप्त गर्ने संगठन विजयी ।
    राजा तपाईंको पक्षमा मत खोई रे लाजको पसारो ।
    मत खस्छ २५ प्रतिसत । आफुले चुनाव नजित्ने आवस्था सम्म तालाबन्दी । जब प्रशासन सेटिङ हुन्छ अनि चुनावको नौटङकी । जित अविर जात्र । लोकतन्त्र जिन्दावाद । हावावादीहरु ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *