कांग्रेस र एमाले लक्षित प्रचण्डको टिप्पणी- सायद २०८४ मा यिनीहरूको दिन सकिन्छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीहरू सबै एकै ठाउँमा हुने प्रक्रिया सुरु भइसकेको बताएका छन् ।

तराई–मधेश जागरण अभियानअन्तर्गत चितवनमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले माओवादीहरूमात्रै नभई समाजवादी मोर्चालाई पनि एउटै केन्द्र बनाउने प्रयास भइरहेको बताए ।

प्रचण्डले भने, ‘माओवादीहरूलाई एकताबद्ध गर्न के गर्नुपर्छ, सके जति सबै गर्छु मैले, माओवादीमात्रै होइन, पर्सि समाजवादी मोर्चाको कार्यक्रम हुँदैछ । त्यसलाई पनि एउटै केन्द्रमा ल्याउने मेरो कोसिस छ ।’

 

उनले अहिले विद्यार्थी चुनावमा कांग्रेस र एमाले निकट विद्यार्थी सङ्गठनहरू मिल्दा पनि क्रान्तिकारीले सखाप पार्न सफल भएको बताए ।

कांग्रेस र एमाले अहिले भ्रष्टाचारीको संरक्षणमा केन्द्रित रहेको भन्दै प्रचण्डले भने, ‘२०६४ को झल्कोमात्रै होइन, २०८४ मा सायद हामी सबै एक भएर मेहनत गर्‍यौं भने यी भ्रष्टाचारी, बुर्जुवा, दलाल, बिचौलिया र भूमाफियाको दिन सकिन्छ, जनताको असली राज आउँछ ।’

Comments

3 responses to “कांग्रेस र एमाले लक्षित प्रचण्डको टिप्पणी- सायद २०८४ मा यिनीहरूको दिन सकिन्छ (भिडिओ)”

  1. yuvaraj adhikari Avatar
    yuvaraj adhikari

    खै कसकाे दिन दिन सकिन्छ । चुनाव पछि नै था हाेला ।

  2. मुरारि पराजुली Avatar
    मुरारि पराजुली

    गाेयबल्स!!

  3. ksp pyl Avatar
    ksp pyl

    यसले जितेमा देश भारतलाई बेच्छ । हेक्का राखौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *