प्रधानमन्त्रीको आग्रह- स्वदेशी वस्तुको प्रयोगमा वृद्धि गर्नुस् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन्।

एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरे।

उनले भने, ‘राष्ट्रिय उत्पादन र प्रयोगमा हामीले जोड दिनुपर्छ। देशलाई आत्मनिर्भर बनाउनुपर्छ। कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिएर अघि बढ्नुपर्छ।’

उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस क्षेत्रमा स्वदेशी वस्तुको उत्पादनमा प्रोत्साहनका लागि सरकार तत्पर रहेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *