गिरिजाप्रसादबारे रवीन्द्र मिश्रको तिखाे टिप्पणीः प्रजातन्त्रलाई कुशासन र भ्रष्टाचारले ध्वस्त पार्ने नेता

काठमाडौं । कांग्रेसका तत्कालीन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका दिन राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उनीमाथि आलोचात्मक टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा ७ बुँदे आरोपसहित कोइरालाको स्मरण गरेका हुन् ।

गिरिजाले कांग्रेसको विपिपथको उचाइलाई जीपीपथ हुँदै प्रचण्डपथमा विलय गराएको मिश्रको पहिलो टिप्पणी छ । बहुदलील प्रजातन्त्रलाई काण्डैकाण्ड, षडयन्त्रै षडयन्त्र, कुशासन र भ्रष्टाचारले ध्वस्त बनाइदिने नेताका रुपमा समेत उनले कोइरालालाई सम्झिएका छन् ।

हेर्नुस् मिश्रले कोइरालाबारे लेखेको स्टाटस:

१. कांग्रेसको ‘वीपीपथ’को उचाइलाई ‘जीपीपथ’ मा झारेर ‘प्रचण्डपथ’ मा विलय गराउने नेता ।

२. राजासँगको चरम असन्तुष्टि र रिसको आवेगमा देशको दीर्घकालीन हितमै घात गर्ने नेता ।

३. राजासँगको रीसको सुरमा देशको पहिलो राष्ट्रपति बनाउने ‘प्रचण्ड ललिपप’ मा फसेका नेता ।

४. नारायणहिटी दरबार भत्काएर त्यसको ठाउँमा विदेशी दरबार निर्माण गर्ने नेता ।

५. बहुदलीय प्रजातन्त्रको जगलाई काण्डैकाण्ड, षडयन्त्रै षडयन्त्र, नातावाद/कृपावाद, असक्षमता, कूशासन र भ्रष्टाचारले ध्वस्त बनाइदिने नेता ।

६. गाउँमा माओवादी आगो सल्किँदै गर्दा संसदमा सांसद किनबेच, धमिजा/लाउडा काण्ड गर्ने, प्रशासनदेखि, न्यायलयदेखि, स्कूल र विश्वविद्यालयदेखि, समाजको हरेक पत्रलाई दलीयकरण गरेर समाजलाई सदाका लागि पतित बनाउने एकजना प्रमुख नेता ।

७. सरकारी उद्योगहरूलाई संसारका अन्य देशमा पनि बेलाबखत निजीकरण गरिन्छ । तर तिनलाई निजीकरण गर्दा ती सधैँ ध्वस्त÷बन्द हुँदैनन् । तर सङ्क्रमणको राम्रो योजना नै नबनाइ निजीकरणको नाममा अमूल्य राष्ट्रिय उद्योगहरू ध्वस्त पार्ने नेता ।

Comments

5 responses to “गिरिजाप्रसादबारे रवीन्द्र मिश्रको तिखाे टिप्पणीः प्रजातन्त्रलाई कुशासन र भ्रष्टाचारले ध्वस्त पार्ने नेता”

  1. bipin Avatar
    bipin

    100% Sahi Bisleshan

  2. ksp pyl Avatar
    ksp pyl

    वैकल्पिक शक्ति भन्दै एकाध वर्ष नाटक गर्ने।जनताले चुनावमा लात हानिदिएपछि राजाको गुलाम बनेर खाउँला भनेर हिडेकालाई शीर ठाडो गरेर बोल्ने नैतिकता छ?

  3. पिताम्बर दाहाल! Avatar
    पिताम्बर दाहाल!

    यो जनतामा भ्रम फैलाएर आफ्नो स्वार्थ सिद्दी गर्ने मिश्रको हैसियत गिरिजा प्रसाद कोइरालाको नाम लिने पनि छैन।येस्को हैसियत भनेको गुलाम बनेर हिड्ने मात्र हो।

  4. D.shrestha Avatar
    D.shrestha

    कुहिएको प्याज लाई यस्तो छुद्र टिप्पणी लेख्न के लाग्थ्यो सरम।

  5. Nick Kashyap Avatar
    Nick Kashyap

    सहि छ, को हो यो गिरीजा जसको निम्ती छुट्टै जयन्ति नै मनाउनु पर्ने? समाजबादी-मार्क्सबादी मूर्दाबाद!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *