त्रिवि केन्द्रीय क्याम्पसकाे चुनाव अनिश्चित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको निर्वाचन अनिश्चित भएको छ ।

स्ववियु निर्वाचन समितिले एक सूचना जारी गर्दै अदालतको अन्तरिम आदेशको म्याद तामेल भइनसकेको कारण देखाउदै निर्वाचन अनिश्चित गरिएको हो ।

यसअघि उच्च अदालत पाटनले १० गतेको लागि मिति तोकिएको थियो । तर अन्तरिम आदेशको छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

केन्द्रीय क्याम्पसको निर्वाचन रोक्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको थियो । चैत ५ गते हुने भनिएको निर्वाचन ८ गते तोकिएको थियो ।

विष्णु बहादुर बडैलाले स्ववियु विश्वविद्यालय क्याम्पस कीर्तिपुरको निर्वाचन समिति लाई विपक्षी बनाई उच्च अदालत पाटनमा रीट निवेदन दायर गरेका थिए ।

सूचनामा भनिएको छ ,’चैत्र ६ गते अन्तरिम आदेश जारी भएको म्याद सूचना मिति २०८१।१२।०७ गते प्राप्त भएको र निर्वाचन समिति समेतको तर्फबाट मिति २०८१।१२।०७ मा अदालतमा उपस्थित हुदाँ अन्य विपक्षीहरुको नाममा म्याद तामेल नभएकोले यहि मिति २०६१।१२।१० को दिनलाई तोकिएकोले सो अन्तरिम आदेशको छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्वन्धित सबैमा अनुरोध गरिन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *