राजावादीहरुको सक्रियता बढेपछि रोकिएको जागरण अभियान थाल्न बारा पुगे प्रचण्ड

काठमाडौं । राजावादीहरूको सक्रियता बढेपछि रोकिएको माओवादीको पूर्व पश्चिम हुलाकी मार्ग केन्द्रित तराई९मधेश जागरण अभियानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बारा पुगेका छन्।

प्रचण्डसहित शीर्ष नेताहरु अभियानका लागि बारामा आइपुगिसकेको उपमहासचिव मात्रिका यादवले बताए। पूर्वनिर्धारित कार्य तालिकामा फेरबदल गरेर माओवादीले भोलि बारा, ८ गते पर्सा र ९ गते चितवनमा कार्यक्रम गर्दैछ।

तीन दिनको कार्यक्रम सकेर प्रचण्डसहितको टोली काठमाडौं फर्किनेछन्। काठमाडौंमा राजावादीहरूलाई काउन्टर दिन समाजवादी मोर्चाको तर्फबाट काठमाडौंमा चैत १५ गते विरोध सभा राखेको छ।

अभियानले पार्टीलाई जनतामा जोड्न सफल भएको माओवादीको प्रारम्भिक निष्कर्ष छ। पार्टी अभियानमा मात्रै केन्द्रित हुँदा सदन र सडकको मोर्चा कमजोर भएको निष्कर्षसहित केही दिनका लागि माओवादीले अभियान रोकेको थियो।

माओवादीले फागुन १२ गतेदेखि झापाबाट सुरू गरेको थियो। यो लगत्तै माओवादीले बैशाखमा मध्यपहाडि लोकमार्ग केन्द्रित अभियान गर्ने तयारी गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *