ऊर्जामन्त्री भन्छन्- कुलमान उज्यालो नेपालका नायक होइन, लोडसेडिङ कहिल्यै हटेको थिएन (भिडिओ)

काठमाडौं । ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्काले अहिले साँझको समयमा लोडसेडिङ हुने अवस्था रहेको बताएका छन् । राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको दाबी गरे ।

मन्त्री खड्काले सरकारको शत प्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट र २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरिरहेको बताए ।

उनले भने, ‘अहिले हामीलाई बत्ती पुगेको छैन । लोडसेडिङ छ । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ । हिजो हामीले लोडसेडिङ छैन भनेर घोषणा गर्दा पनि थियो । खाली उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ । अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’

मन्त्री खड्काले निजी क्षेत्र र भारतबाट विद्युत आयात गरेकाले लोडसेडिङ हटे जस्तो अनुभूति भएको बताए ।

उनले भने, ‘उज्यालोको नायक भनेको उहाँ (कुलमान) होइन । बरु यो धन्यवाद भारतलाई दिउँ, निजी क्षेत्रलाई दिउँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ । त्यता धन्यवाद दिउँ न भनेर निवेदन गर्न चाहेको हो । यो यथार्थ हो ।’

Comments

One response to “ऊर्जामन्त्री भन्छन्- कुलमान उज्यालो नेपालका नायक होइन, लोडसेडिङ कहिल्यै हटेको थिएन (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    ८ वर्ष लगातार प्राधिकरणको नेतृत्व सम्हालेका कुलमानले अहिले उद्योगमा १२ घण्टा लोडसेडिङ गराएका छन् । अनि कहाँबाट हुन्छ उद्योगको विकास ? उद्योगको लाईन काटेर घरघरमा विजुली दिदैमा उज्यालोको नायक ? देवत्वकरण नगरौं न हो । भारतले आज ८०० मेगावाट नदिए के होला हालत ? कुलमान अध्यक्ष रहेको त्रिशुली जलबिद्युत आयोजना ७ वर्षदेखि अलपत्र छ । लागत बढाएको बढायै छ । कमाएका कमायै छन् । कहिले बन्ने टुङ्गो छैन । कुलमानले गरे के ? माओवादीका नेता उफ्रिएको त खान पाएर होला । अब वर्षा लागेपछि कुलमानको काम भनेको आयोजनाहरूलाई फोन गरेर पावर हाउस बन्द गर् भन्ने हो । प्रसारण लाईन नबनाईदिने । Take or pay नभएर Take and Pay भन्ने । अनि पावर हाउस बन्द गर भन्ने । कुनै योजना बिना कुलमान कुदेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *