नेपाली सेनालाई जोडेर टिकाटिप्पणी बढेको भन्दै जंगी अड्डाले गर्‍यो यस्तो अनुरोध

काठमाडौं । नेपाली सेनाले संगठनलाई जोडेर आएका विभिन्न टिकाटिप्पणी तथा विश्लेषणबारे आधिकारिक जानकारी लिएर मात्रै त्यसो गर्न अनुरोध गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले एक वक्तव्य जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

नेपाली सेनाका आफ्नो आधिकारिक धारणा तथा गतिविधिहर नियमितरुपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरूमार्फत सार्वजनिक जनाउँदै सेनाले तथ्यपरक जानकारी मात्रै सम्प्रेषण गर्न सार्वजनिक आग्रह गरेकाे हाे ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पुरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको उल्लेख गर्दै सेनाले आफ्नो आधिकारिक जानकारी लिएर यथार्थपक सूचनाहरु सम्प्रेषण गर्न अनुरोध गरेको हो ।

‘नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गरी दिनु हुन नेपाली सेना अनुरोध गर्दछ’, अनुरोध पत्रमा भनिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *