काठमाडौं । रास्वपाका सांसद हरि ढकालले माउ पार्टीहरूले स्ववियू निर्वाचनको नाममा विद्यार्थीलाई उक्साएर भिडाइरहेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै विद्यार्थीहरू टाउको फोराफोर गरिरहेको बताए।
उनले भने, ‘विद्यार्थीलाई लडाउँदै भिडाउँदै उक्साइरहेका छन्। युवा पुस्तालाई पक्ष र विपक्षमा भिडाएर घृणाको राजनीतिको लागि अब्बल बनाउँदैछन्।’
उनले स्ववियू निर्वाचनपछि आफूले जितेको पार्टीको क्याम्पस प्रमुख नभए राजीनामा माग्दै अनेक हत्कण्डा अपनाएर फेरि क्याम्पस बन्द गरिने बताए।

Leave a Reply