राजाको पालादेखि अहिलेसम्म उस्तै रूपमा सुन तस्करी भइरहेको देखिन्छ : रघुजी पन्त (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सुन तस्करी पञ्चायत राजाको पालादेखि अहिलेसम्म उस्तै रूपमा भइरहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजाको पालादेखि अहिलेसम्म निरन्तर सुन तस्करी हुँदा पनि अहिलेसम्म नाइके पक्राउ गर्न नसकेको बताए।

उनले भने, ‘यो शान्ति सुरक्षाको मात्रै कुरा भएन। कुन तस्करी हुनुको मुख्य आर्थिक कारण के हो ? किन मान्छेले सुन तस्करी निर्बाध रूपमा गर्न चाहन्छ ? के हामीलाई आवश्यक सुन वैध रूपमा ल्याउन नसकेको हो भने त्यो खुला गर्नुपर्‍यो। होइन भने आर्थिक दृष्टिकोणले यसलाई सम्बोधन गर्न सक्ने विषय सरकारले अघि सार्नुपर्‍यो।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *