२५ करोड अवैध रकम समात्न सफल भएको भन्दै रामहरि खतिवडाले दिए सरकारलाई धन्यवाद (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम बरामद प्रकरणको नाइके जुन तहको भए पनि कारबाही गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्ता घटनामा ड्राइभरलाई पक्राउ गर्ने तर तस्करसम्म नपुग्ने प्रवृत्ति देखिएको स्मरण गरे।

उनले भने, ‘यस्ता घटनामा ड्राइभरहरूलाई मात्रै समात्ने तर मेन नाइकेहरूसम्म सरकार नपुगे आँखामा छारो हालेजस्तो हुन्छ। त्यसैले जुन तहको भएपछि नाइकेहरूसम्म पुगोस्। र कारबाहीको दायरामा ल्याओस्।’

उनले सरकार भ्रष्टाचारी र तस्करहरूलाई कारबाही गर्न तयार रहेको सन्देश दिन पनि माग गरे। उनले ठूलो अवैध रकम समात्न सफल नभएको सरकारलाई धन्यवाद दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *