जनकपुरधाम । सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा पुन: रंजित यादव बाजी मारेका छन् ।
समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट यादव दोस्रो पटक सभापतिमा उम्मेदवारी दिएका थिए । उनले ३९३ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार विनय यादवले ३३२ मत ल्याए । अनेरास्ववियुकी मनिषा कुमारी साहले ३३१ मत पाइन् ।
सचिवमा मुकेश कुमार साह र कोषाध्यक्षमा कञ्चन कुमारी ठाकुर निर्वाचित भएकी छन् । उनी दुबै जना समाजवादी विद्यार्थी युनियन र अखिल क्रान्तिकारीको संयुक्त प्यानलकै छन् ।

Leave a Reply