सुकुना क्याम्पसमा अनेरास्ववियु विजयी

विराटनगर । मोरङको सुकुना बहुमुखी क्याम्पसको स्वविय सभापतिमा अखिल गठबन्धनका एलिस ओझा विजयी भएका छन् ।

नेपाल विद्यार्थी संघका उम्मेदवार विजय ओझालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । यस्तै स्ववियू सचिवमा पनि गठबन्धनकै उम्मेदवार रोहन खत्री विजयी हुँदा नेविसंघका उम्मेदवार अर्जुन दाहाल पराजित बन्न

कोषाध्यक्षमा भने गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेविसंघकी उम्मेदवार सविना थापा निर्वाचित भएकी छिन् ।

थापा नेपाल विद्यार्थी संघबाट निर्वाचित हुने एक्ली उम्मेदवार बनेकी छिन् । अन्य आठ सदस्यहरूमा गठबन्धनको प्यानल नै निर्वाचित भएको त्यहाँका निर्वाचन अधिकृत शुकदल लिम्बुले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *