सिरहा क्याम्पसमा नेविसंघको प्यानलै विजयी, सभापतिमा पृथ्वीकुमार यादव

सिरहा । सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखि क्याम्पसको स्ववियूमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानलै विजयी भएको छ ।

 

स्ववियू सभापतिमा नेविसंघका पृथ्वी कुमार यादव विजयी भएका हुन् । पृथ्वीले १७८ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी संयुक्त विद्यार्थी मोर्चाका सभापति उम्मेदवार विवेक कुमार मण्डलले ११० मत मात्र पाए ।

 

स्ववियू सचिवमा रमेश कुमार यादव र कोषाध्यक्षमा राम यादव निर्वाचित भएका छन् । उनी दुबैजना नेविसंघकै छन् ।

 

सदस्यहरुमा नेविसंघकै उपेन्द्र कुमार गुप्ता, राधिका कुमारी मण्डल, कञ्चन पासवान, आरती कुमारी मण्डल, अजिता कुमारी यादव, विशाल यादव र मनिषा कुमारी यादव बाजी मारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *