काठमाडौं । महाराजगन्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघ विजयी भएको छ ।
नेविसंघबाट सभापतिमा विन्दु पोखरेल २५९ मतका साथ विजयी भइन् । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनकी मनकुमारी बुढाले २५८ मत पाइन् ।
यहाँ सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन् ।
एक जना सदस्यमा भने अखिल उम्मेदवार विजयी भएकी छन् ।
यसअघि निरन्तर अखिल विजयी हुँदै आएको थियो ।

Leave a Reply