चितवनको दुुई कलेजको स्ववियू निर्वाचन परिणामः एकमा स्वतन्त्र र अर्कोमा नेविसंघबाट निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको आज चितवनमा भएको दुई कलेजको निर्वाचनमा एकमा स्वतन्त्र र अर्कोमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् ।

त्रिभुवन विश्व विद्यालयको आंगिक क्यम्पस चितवन इन्जिनियरिङ कलेज रामपुरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका प्रज्वल अधिकारी सभापति निर्वाचित भएका हुन् ।

उनले अनेरास्ववियुका उम्मेदवार विशाल पोखरेललाई २४ मतले पराजित गरि निर्वाचित भएका हुन् । अधिकारीले कुल खसेको मतको ७८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी पोखरेलले ५४ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी, सचिवमा र कोषाध्यक्षमा क्रमश अखिल क्रान्तिकारीका सुजन थापा क्षेत्री र राजेश्वर दाहाल निर्वाचित भए । भने सदस्यहरुमा प्रत्यक्षतर्फ अनेरास्ववियुका उम्मेदवार प्रतिज्ञा न्यौपाने र सुशान्त घिमिरे र अखिल क्रन्तिकारीका विष्णु भट्टराई निर्वाचित भएका हुन् ।

भने समानुपातिकतर्फ सबैभन्दा बढी मत अनेरास्ववियुले ५२, अखिल क्रान्तिकारीले ४५ र नेविसंघले ३४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेपाल विद्यार्थी संघको मात्रै निर्वाचन प्रतिनिधि राखेर गरिएको सहिद स्मारक बहुमुखी क्याम्पस शारदानगरमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको घोषणा गरिएको छ । जसमा अनिष थापा
सभापति निर्वाचित भएको घोषणा गरिएको छ ।

त्यसैगरी नेविसंघका नै रोशनी काफले सचिव, अनिष वि.क कोषाध्यक्ष र सदस्यहरुमा विपना गुरुङ , विपना सुवेदी, चिना गुरुङ , कमला थापा र सुवास अधिकारी निर्वाचित भएका घोषणा गरिएको छ ।

समानुपातिकमा पनि कुल १ सय ३९ खसेको मतमा १ सय ३३ मत नेविसंघले प्राप्त गरेको कलेज प्रशासनले मत परिणाम घोषणा गर्दै जनाएको छ । तर, अनेरास्ववियु लगायतका विद्यार्थी संगठनले भने उक्त कलेजको मत प्रकृया नै बहिस्कार गरेको जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *