रामेछापको एकमात्र क्याम्पसमा अनेरास्ववियु विजयी, सुशील थापाको प्यानलै निर्वाचित

रामेछाप । रामेछाप जिल्लाको एकमात्र क्याम्पस मन्थलीस्थित शहीद स्मृति क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ ।

मंगलवार राति भएको मतगणनाको अन्तिम विवरण अनुसार अखिलका सुशील थापा २०७ मतसहित सभापतिमा निर्वाचित भएका छन् ।

सभापतिमा नेविसंघका उम्मेदवार विपुल रोकाले १५२ मत पाएका छन् भने माओवादीनिकट अखिल क्रान्तिकारीका अनुज भुजेलले ६५ मत पाए ।

सचिव र कोषाध्यक्षमा पनि अनेरास्ववियुकै मनिष भण्डारी र मसली तामाङसहित सबै सदस्य बिजयी भएका छन् । सभापतिमा विजयी थापा यसअघि सहसचिव निर्वाचित भएका थिए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *