सुनकुडा क्याम्पसमा अनेरास्ववियुका कपिल विष्टसहितकाे प्यानल विजयी

बझाङ । बझाङकाे सुनकुडा क्याम्पसमा आज भएकाे स्ववियु निर्वाचनमा अनेरास्ववियुका कपिल विष्टकाे प्यानल विजयी भएकाे छ ।

एमाले निकट अनेरास्ववियु, समाजवादी निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी गरि तीन संगठन विच तालमेल भएकाे थियाे । ३ सय ३८ मतदाता रहेकाे सुनकुडा क्याम्पसमा २ सय ३३ मत खसेकाे थियाे ।

विष्टले १४१ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिदन्दी नेविसंघका जयदेव भट्टले ७७ मत ल्याएका थिए त्यसैगरी विप्लव निकट अखिल समाजवादीबाट सभापतिका ४ उम्मेद्वार बनेका भानु प्रसाद जाेशीले मत ल्याएका छन् ।११ मत बदर भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *