पोखरा नर्सिङ क्याम्पसमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी, प्रतिभा बनिन् सभापति

पोखरा । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस पोखरास्थित नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानलै निर्वाचित भएको छ ।

मंगलवार साँझ सम्पन्न मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी सभापतिमा निर्वाचित भएकी हुन् । त्यस्तै सचिवमा सोही संगठनकी सलिना श्रेष्ठ र कोषाध्यषमा कुसुम गौतम निर्वाचित भएका छन् ।

सभापति निर्वाचित भण्डारीले २४२ मत पाउँदा नेविसंघकी रचना पौडेलले १०२ मत पाएकी छन् । । यो क्याम्पसमा विगतदेखि नै अनेरास्ववियुले जित्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *