राइसिना डाइलगमा दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेट

काठमाडौं । भारतको चर्चित मन्थन कार्यक्रम राइसिना डाइलगलाई लक्षित गरेर दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज भारतीय समकक्षी एस. जयशंकरसँग भेट गरेकी छन् ।

राइसिना डाइलगको ‘ह्वाट डज दि साउथ वान्ट’ (दक्षिण के चाहन्छ ?) शीर्षकको सेसनमा जर्मनीकी वक्ता जुलिया गान्टरसँग सेसन सेयर गर्न तथा अरु कार्यक्रममा सहभागी हुने भारत पुगेकी राणा र जयशंकरको भेटवार्ता भएको हो ।

भेटमा भारतको छिमेक प्रथम विदेश नीतिको तारिफ गर्दै राणाले दुई देशको जनसम्पर्क तथा कूटनीतिक आदानप्रदानको सवालमा छलफल भएको जानकारी दिएकी छन् ।

यद्यपि भेटबारेमा जयशंकरले भने यो सामग्री तयार गर्दासम्म सामाजिक सञ्जालमा कुनै जानकारी सार्वजनिक गरेका छैनन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *