पुल्चोक इन्जिनियरिङको सभापतिमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् ।

कुल ३ हजार मतदातामध्ये १ हजा १ सय २ मतसहित श्रेष्ठ बिजयी भएका हुन् । दोस्रो स्थानमा रहेकिा माओवादी निकट अखिल क्रान्तकारीका रसिक लम्सालले ७१० मत ल्याएका छन् ।

विद्यार्थीको प्रतिनिधि विद्यार्थी हुनुपर्ने दलबाट हुन नहुने भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएको थिए ।

सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *