काठमाडौं । पत्रकार ऋषि थपलिया युवा पत्रकारिता पुरस्कार-२०८१ बाट सम्मानित भएका छन् ।
पाँचौँ एपिक अवार्डको अवसरमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यको हातबाट उनी सम्मानित भएका हुन् ।
थपलिया प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ को प्रोड्युसर/डाइरेक्टर हुन् । थपलिया एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
तपाईंले राजनीतिक, सामाजिक, आर्थिक र समसामयिक विषयमा कलम चलाएर समाजलाई सूचनाको माध्यमबाट दिशानिर्देश गर्दै आएकोमा सम्मान गरिएको आयोजकले जनाएका छन् ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकास्थित निगुपुखुमा विशेष कार्यक्रम आयोजना गरी एपिक नेपाल म्युजिक प्रालिले पाँचौँ एपिक अवार्ड-२०८१ बाट सम्मान गरेको हो । प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला, वरिष्ठ अभिनेत्री वसुन्धारा भुसाल, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा र अभिनेता पूर्णविक्रम शाह (पल) लाई पनि सम्मान गरिएो थियो ।

Leave a Reply