सुर्खेत । सुर्खेतकाे अमरदीप क्याम्पसकाे स्ववियू सभापतिमा अनेरास्ववियुका विशाल रावल निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत लोक प्रसाद ढकालद्वारा जारी नतिजाअनुसार रावलसहित उपाध्यक्षमा सन्ध्या पौडेल, सचिवमा अखिल (क्रान्तिकारी) का तारा नेपाली निर्वाचित भएका छन् ।
त्यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा बीसी, सदस्यहरूमा रन्जनाकुमारी सिजापति, जानकी दाहाल र विमल के.सी. निर्वाचित भएका छन् ।
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत ढकालले जानकारी गराएका छन् ।
निर्वाचन मंगलबार सम्पन्न भएकाे हाे ।


Leave a Reply