काठमाडौं । स्ववियु निर्वाचनमा धाँधली गरेको भन्दै विद्यार्थी नेता-कार्यकर्ताबीच पाटन क्याम्पसमा लफडा भएको छ । सोक्रममा अनेरास्ववियुका ४ जना घाइते भएका छन् ।
अनेरास्ववियुका कार्यकर्ता र स्थानीयले धाँधली र फर्जी कार्डकाविरुद्ध कुरा उठाएपछि नेविसंघका नाममा गुण्डाहरूले रड, धारिलो हतियार र ढुङ्गा समेतले आक्रमण गरेको एमालेनिकट अनेरास्ववियुको आरोप छ ।
आक्रमणबाट दिनेश श्रेष्ठ, पवन शाही, राजीव अधिकारी, समिक राई घाइते भएका छन् । अहिले मतदान रोकिएको छ ।
अनेरास्ववियुका अध्यक्ष समीक बडालले फर्जी मतदाता सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूलाई कारवाहीको माग गरेका छन् ।


Leave a Reply